‘दाल भात तरकारी’मा यस्तो छ प्रियंका ‘मसला’ भूमिका

काठमाडौं, भदौ ३ । ‘शत्रु गते’ फिल्मले राम्रो व्यापार गरेपछि महसंञ्चारले नयाँ फिल्मको घोषणा गरे । वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले नयाँ फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेका हुन् ।

किरण केसीको प्रस्तुति रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गर्नेछन् । सुदन किरण केसीका छोरा हुन् । उनले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

उक्त चलचित्रमा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउतदेखि लिएर किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल तथा विल्सनविक्रम राईसम्मको अभिनय देख्न सकिनेछ ।

तर, प्रियंका कार्कीले भने ‘मसला’को मात्र भूमिका गर्ने भएकी छन् । उनले सो फिल्ममा आइटम नृत्य गर्ने भएकी छन् । सोही भूमिकाका लागि प्रियंकालाई चलचित्र घोषणाको अन्तिम समयमा फाइनल गरिएको थियो ।