कंचनजंघा बहुउद्देश्यीय सहकारीमा फेरि सुरेश पौडेल सर्वसहमत (फोटोफिचर)

किरण सापकोटा

चितवन, ०३ भदौ । कंचनजंघा बहुउद्देश्यीय सहकारी संस्था लि भरतपुर १५ को अध्यक्षमा पुन सुरेश पौडेल सर्वसहमत निर्वाचित भएका छन् ।
सहकारीको छैठौ साधारण सभा र तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेको हो ।

जसको उपाध्यक्षमा वेलराम गौतम, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विद्यासागर चालिसे रहेका छन् । भने सदस्यहरुमा लक्ष्मीलाल घिमिरे, विष्णुहरि खनिया, राजन पौडेल, नन्दप्रसाद भटट्, सावित्री गुरुगं, निर्मला श्रेष्ठ र लेखा संयोजकमा तेजेन्द्र पौडेल रहेका छन् ।


यसअघि संस्थाको साधारण सभामा भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रर्वद्धन शाखा प्रमुख रामबाबु पौडेल प्रमुख अतिथि र संस्थाका परिकल्पनाकार युवराज शर्माको विशेष उपस्थिति रहेको थियो ।


सो अवसरमा बार्षिक प्रगति प्रतिवेदन सुरेश पौडेलले, आर्थिक प्रतिवेदन कृष्ण पौडेलले प्रस्तुत गरेका थिए ।

यस्तै सभामा प्रत्येक शेयर सदस्यलाई यातायात खर्च प्रदान गरिएको थियो भने ग्लोबल रिच एजुकेसन कन्सल्टेन्सीले निशुल्क पानी वितरण गर्नुका साथै झोला सौजन्य मान्द्रो टिपिकल चुलो भरतपुर ३ लायन्सचोक चितवनले गरेको थियो ।

Promise Education Consultancy