एसियाली खेलकुद अपडेट : तेक्वान्दोका दुवै एकल स्पर्धामा नेपाल पराजित

 

जाकर्ता,३ भदौं । इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८औं एसियाली खेलकुदअन्तर्गत आज भएको तेक्वान्दोतर्फका दुवै खेलमा नेपालका खेलाडी पराजित भएका छन्।

राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना पराजित भएका प्रशिक्षक दिपक विष्टले जनाएका छन्।

पुरुष एकलतर्फ श्रेष्ठ चाइनिज ताइपेहका खेलाडी चेन चिङसँग ८।३८–७।५१ को अन्तरमा पराजित भए।

महिला एकलतर्फ आजै भएको खेलमा पार्वती गुरुङ पनि चाइनिज ताइपेहकी खेलाडीसँगै स्तब्ध भइन्। उनलाई लिओआ वेन्सुआनले ८।१०–७।५४ को अन्तरमा हराएकी हुन्।

आजै नेपालले महिला टिम इभेन्ट्सको पुम्सेमा उज्वेकिस्तानसँग खेल्नेछ।