प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा

काठमाडौं, ३ भदौ । मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ ९यूरो थ्री समानस्तर० पूरा गरेको हुनुपर्ने प्रावधान छ ।

तर बंगलादेशको मोटरसाइकल ‘रनर’को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ ।बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो ।

प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ ।

भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री ९यूरो थ्रीसरह० प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।

तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ ।

सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो । आजको कारोबारमा खबर छ ।

Promise Education Consultancy