अन्तर्राष्ट्रिय कलेजसँग जोडिदै प्रेसिडेन्सी, भिडियो

भरतपुर,३ भदौ ।प्रेसीडेन्सी कलेज भरतपुरले अन्तर्राष्ट्रियस्तरमा पहुँच विकास गर्ने काम सुरु भएको जनाएको छ । कलेज परिसरमा आयोजित पत्रकार सम्मेलनमा विदेशका कलेज एवं विश्वविद्यालयको पढाई अवस्था र त्यो देशको व्यापार अवस्थाबारे बुझाउन विद्यार्थीलाई लाने गरिएको जनाएको छ ।

“अन्तर्राष्ट्रिय मञ्चमा जान चाहने विद्यार्थी जान पाउँछन्, उनीहरुलाई आवश्यक रजिष्ट्रेसन शुल्क लिने गरिन्छ”, कलेजका प्राचार्य शम्भु क्षेत्रीले भने, “फिल्डमै पुगेर त्यहाँबारे सहजै बुझ्न पाउँछन्, बिजनेस आइडिया पनि लिन पाउँछन् ।” ढाकाको ड्याफोडिल इन्टरनेसनल पुगेका विद्यार्थीले ३ क्रेडिट आवर बराबरको सर्टिफिकेट पाएको उनले बताए । उनले दुईपक्षीय सम्झौता गरेका विदेशका कलेज वा विश्वविद्यालयसँग ज्ञान आदानप्रदानमा सहयोग पुग्ने बताए । कलेजले बंगलादेशसँग त्यस्तो सम्झौता गरिसकेको छ । भारत, श्रीलंका एवं ताइवानका कलेज, विश्वविद्यालयसँग गर्ने तयारी छ । प्रेसीडेन्सीले नयाँ व्यापार व्यवसाय गर्न चाहने विद्यार्थीलाई कलेजले सघाउने रणनीति ल्याएको क्षेत्रीले बताए । “हामी ४९ प्रतिशतसम्म लगानी गर्न तयार छौँ”, उनले भने, “हाल विद्यार्थीले स्वयं बाख्रापालन, फर्निचर उद्योग सञ्चालन गरेका छन् ।” उनले कलेजले टे«ेनिङ एण्ड रिक्रुटमेन्ट सेल, बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरेको बताए ।

“रोजगारी खोज्नसमेत सेलले सघाएको छ, रोजगारदाता स्वयं आउने गर्छन्”, उनले भने, “धेरैले रोजगारी पाएको अवस्था छ ।” सेन्टरमार्फत नयाँ व्यापार व्यवसायबारे छलफल तथा तरिकाबारे पनि बेलाबखत छलफल हुने गरेको बताए । प्रेसीडेन्सी कलेजमा व्यवस्थापन संकाय अन्र्तगतको पढाई हुने गर्छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीए,एमबीए कार्यक्रम चलाउँदै आएको छ । बीबीएमा ८० र एमबीएमा ३० जना अध्ययनरत छन् ।

“एसी र प्रोजेक्टरसहितका सुविधासम्पन्न भवनमा पढाइ हुँदै आएको छ”, उनले भने, “व्यवहारिक शिक्षामा बढी जोड दिएका छौँ ।” सन् २००० मा उच्चमाविका रुपमा सञ्चालनमा आएको प्रेसीडेन्सीले हाल एमबीएसम्म पढाउने गर्छ । १६ वर्षसम्म भाडाको भवनमा सञ्चालित कलेज हाल भरतपुर–१० रिजालचोक नजिकै १० कट्टठा २० वर्षका लागि भाडामा लिएर सुविधासम्पनन भवनमा छ । कलेजले अरोमा कलेजसँग सहकार्य गर्दै आएको छ । विएसम, विआइटी शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले बीबीएका लागि भदौ १९ मा प्रवेश परीक्षा लिदै छ ।