रत्ननगरलाई डेन्टल टुरिजमको रुपमा अगाडि बढाइने (भिडियो)

चितवन, ०२ भदौ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चितवनको रत्ननगर नगरपालिकालाई डेण्टल टुरिजमको रुपमा अगाडि बढाइने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा स्थापित पूर्वी चितवनलाई डेण्टल टुरिजमको रुपमा पनि अगाडि बढाउने यहाँका चिकित्सकहरुले योजना अगाडि सारेका हुन् ।
बेलायतमा हम्बल क्लिनिक अर्वाड पाईसकेको चितवनको नारायणगढमा रहेको साईराम डेण्टलले पर्यटनसँगै डेण्टल टुरिजमको अवधारण अगाडि सारेको हो । शनिबार आयोजित कार्यक्रममा साईराम डेण्टलले पर्यटन प्रवद्र्धनसँगै दाँत उपचारमा सहयोग गर्ने हेतुले डेण्टललाई पर्यटकहरुसँग जोडेको डा. अजय न्यौपानेले बताए । चितवन आउने पर्यटकले दाँतको समस्याका कारण चितवन बसाई छोटो बनाउन नपरोस् भनेर सेवा दिन लागेको न्यौपानेले बताए ।

 

 

 

 

 

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पर्यटन क्षेत्रलाई समेटेर ल्याईएको टुरिजम डेण्टलको सेवाले गर्दा चितवन आउने पर्यटक दाँतको समस्याले बाहिर जान नपर्ने बताए । चितवनको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारको लागि भारतबाट बिरामी आएजस्तै रत्ननगरमा पनि दाँतको उपचार गर्र्न विदेशबाट बिरामी आउने गरि सेवा दिनुपर्ने नगर प्रमुख वनले बताए ।
बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष देबेन्द्रकुमार श्रेष्ठले हाल अस्पतालमा दैनिक ३० देखि ३५ जनासम्म दाँतका बिरामी आउने गरेको बताए । श्रेष्ठले अस्पतालमा दाँतका बिरामीको चाप उच्च रहेको बताउँदै डेण्टल टुरिजम अवधारणसँगै सबै बिरामीले सेवा लिन पाउने बताए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला दुवडी, रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्य, रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञान बहादुर बिसुराललगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy