सरकारलाई चुनौती र अवसर दुवै छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ, ०२ भदौ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारलाई चुनौती र अवसर दुवै रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनमा पौडेलले अब बाँकी रहेको चार वर्षको अवधिमा सरकारले मुलुकको समृद्धिलाई अवसरका रुपमा लिनुपर्ने बताए । पौडेलले चार वर्षको अवधिमा सरकारले गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै सरकारको गतिलाई तिव्रता दिनुपर्ने उल्लेख गरे । सरकार अघि बढ्न खोज्दा कानुनी अड्चन आउने गरेको भन्दै यसलाई चिर्दै सरकार मुलुकको विकासको बाटोमा अघि बढ्नुपर्ने पौडेलको धारणा रहेको छ ।
सरकारको बिरोधमा काँग्रेसले बिना कारण आलोचना गर्ने गरेको भन्दै पौडेलले सकारात्मक विषयलाई बाहिर ल्याउनुपर्ने जिकिर गरे । मुख्यमन्त्री पौडेलले सरकारले राम्रा र गतिला कामहरु पनि गरेको र यसको प्रचारप्रसारसमेत गरिदिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

Promise Education Consultancy