पि.टु.सि.टु नेपाललाई नगद १ लाख २३ हजार रुपैयाँ सहयोग

चितवन, २ भदौ । बालबालिकाको लागि प्रहरी नागरिक अभियान पि.टु.सि.टु नेपाल अन्तर्गत आश्रय लिइरहेका बालबालिकाहरुलाई प्याप्सन चितवन पश्चिम क्षेत्रीय समितिले नगद १ लाख २३ हजार रपैया सहयोग गरेको छ ।
शनिवार बालबालिका आश्रीत आनन्दपुर स्थित संरक्षण केन्द्रमा नै पुगी संस्थाका अध्यक्ष नवरराज भट्टले नगद सहयोग गर्नुभएको हो । सबैको सहयोगले यी बालबालिकाहरुको भविष्य उज्जवल हुने भएकाले सहयोग गरिएको अध्यक्ष भट्टले बताउनु भयो । यहाँ रहेका बालबालिकाहरुलाई सबैको माया र सहयोगको खांचो भएकाले संस्थामा आवश्यक सामाग्री खरिदका लागि नगद सहयोग गरिएको कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष भट्ले बताउनु भयो ।
अभिभावकहरुको माया र स्नेहको अभावका कारण बालबालिकाहरु सडकमा आउनुमा बालबालिकाहरुको दोष नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवंम पि टु सि टु का उपाध्यक्ष सुसिल सिंह राठोरले बताउनु भयो । बालबालिकाहरुलाई सही बाटोमा अगाडी बढाउन अभिभावकको भुमिका अग्रणी हुने समेत प्रहरी प्रमुख राठोरले बताउनु भएको छ ।
कार्यक्रमका पि.टु.सि.टु नेपालका संयोजक बेल बहादुर गुरुङले सडकमा आइसकेका बालबालिकाहरुलाई पनि सही रुपमा दिशा निर्देश गर्न सके असल बाटोमा अग्रसर बनाउन सकिने बताउनु भयो । उनिहरुको भविष्य प्रति सबैले चासो व्यक्त गर्दै सहयोगका हातहरु बढाएको अवस्थामा बालबालिकाहरुले सडकको जिवन बिताउन नपर्ने अध्यक्ष गुरुले बताउनु भएको छ । चितवनमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा पि.टु.सि.टु नेपाल आश्रय लिइरहेका बालबालिकाहरुलाई नयां जिवन दिन सफल भएको समेत गुरुङले बताउनु भएको छ । यस संस्थामा २२ जना बालबालिकाले आश्रय लिईरहेका छन् ।