पश्चिम नवलपरासीमा बालिकालाई करणी गरेको आरोपमा वृद्ध पक्राउ

 

हरि शर्मा
परासी, २ भदौ । चार वर्षिया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारीले ६५ वर्षिया वृद्धलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका– ९ पजरकट्टीका दरोगा थारु रहेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए । बिहान घर नजिकै खेलिरहेकी छिमेकी बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र जर्बजस्ती गरेको प्रहरीले जनाएको छ ।

१७ वर्षअघि श्रीमतीको मृत्यु भएपछि थारु छोरीको घरमा बस्दै आएका छन् । थारुलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन लागिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

Promise Education Consultancy