रत्ननगर नगरपालिकामा न्यायिक समितिद्धारा ९ महिनामा ३४ मुद्धाको फैसला

चितवन  भदौ ०२, । स्थानीय तहको निर्वाचन पछि रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्धा फैसला गरेको छ । उपमेयर विमला दुवाडीको नेतृत्वमा रहेको समितिले श्रीमान श्रीमतिको विवाद,जग्गाको साधसिमान,अंशबण्डा लगायतका ३४ वटा मुद्धा मेलमिलापबाटै फैसला गरेको हो ।

नगर स्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्धा न्यायिक समितिले फैसला गरेको हो । पार्वती न्यौपानेले नेतृत्व गरेको मेलमिलाप केन्द्रले भने आर्थिक बर्ष २०७४/०७५ मा १५० वटा मुद्धा मेलमिलापबाटै टुङग्याएको छ ।

केन्द्रले मिलाउन नसेको मुद्धा न्यायिक समितिमा आउछ संयोजक दुवाडीले भनिन् हामीले ९० प्रतिशत मुद्धा मेलमिलापबाटै सामधान गर्ने गरेका छौं । सम्बन्ध विच्छेदका मुद्धा सकेसम्म मेलमिलाप गराउने र केहीसीप नलागे मात्र अदालत पठाउने गरिएको उनले बताइन ।

 

Promise Education Consultancy