पत्याउनुहुन्छ ? अब ४ घन्टामै पृथ्वीको वारपार गर्न सकिन्छ !

 

एजेन्सी : झट्टा सुन्दा पत्याउनु हुन्न होला । पत्याउन पनि मुस्किल नै हुन्छ । वैज्ञानिकले यो भनेका छन् कि, अबको केही वर्षभित्रमै पृथ्वीको कुनै एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जान–आउन सकिन्छ, त्यो पनि मात्रै ४ घन्टामा । हो, ४ घन्टामा अब जहाज चढेर पृथ्वीको जुनसुकै कुना घुम्न–जान सकिन्छ ।

एकदमै ! माथि भनिएको निकै अपत्यारिलो लाग्ने कुरा अबको केही वर्षमै सम्भव हुनेछ । निकट भविष्यमै ध्वनिभन्दा पनि ५ गुणा तीव्र गतिमा चल्ने विमान वैज्ञानिकले बनाउन थालेका छन् ।

खबरअनुसार बेलायतको एक एयरोस्पेन कम्पनीले यस्तो अद्भुत क्षमताको विशेष विमान बनाउन काम थालेको छ । उक्त विशेष विमानले करिब ३ सय यात्रु बोक्न सक्छ । यस्तो विमानको नाम हुनेछ– स्काइलन ।

खबरमा यो उल्लेख गरिएको छ कि, कम्पनीले २ वर्षअघि नै यो विमानको मूल्य सार्वजनिक गरिसकेको छ । २ सय ७६ फिट लामो यो विमानको मूल्य १ अर्ब १० करोड डलर तोकिएको छ । यो निकै उच्च मूल्य हो ।

चाँडै निर्माण सकेर यो विशेष विमानलाई सन् २०१९ मा पहिलोपटक परीक्षणा उडान गर्ने कम्पनीको योजना रहेको छ ।

खबरअनुसार यो विमानमा विशेष प्रकारको इन्जिन जडान हुनेछ । जसलाई सेबर इन्जिन प्रणाली भन्न्छि । यो इन्जिनको क्षमता अन्य इन्जिनको भन्दा हजारौं गुणा बढी हुनछ । यसको काम भनेको विमानको उडान वेगलाई उच्च बनाउने हो ।