अबदेखि त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन

चितवन, भदौ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डायमन्त्री रबिन्द्र अधिकारीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालनमा आउने दाबी गर्नु भएको छ ।

फास्टफुड एसोसिएसनको वार्षिक साधारण सभालाई आज राजधानीमा सम्बोधन गर्दै नागरिक उड्डायमन्त्री रबिन्द्र अधिकारीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालनमा आउने दाबी गर्नुभयो । मन्त्री अधिकारीले चौबिसै घण्टा सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।

आन्तरिक राजस्व विभागले राती १० बजेसम्म व्यवसाय सञ्चालन गर्ने अनुमति दिएको भए पनि प्रहरीले समसॉझै पसल बन्द गर्न दबाब दिने गर्नेको फास्टफड व्यवसायीको गुनासोको प्रतिउत्तरमा मन्त्री अधिकारीले विमान स्थल सञ्चालनसँगै पर्यटन व्यसाय पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

यसअघि सरकारले २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरे पनि पूर्व घार तयारी नपुगेको भन्दै घोषणा फिर्ता लिएको थियो ।

Promise Education Consultancy