केरलामा बाढीले ३ सय २४ जनाकाे मृत्यु

भारत, भदौ २ । । केरला वर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा ३ सय २४ पुगेको छ । मुख्यमन्त्री पिनारायी विजयनले बाढी तथा पहिरोका कारण उल्लेखित मृतक पुष्टि गर्नुभएको हो ।

मुख्यमन्त्री विजयनले ट्वीटरम ‘ बाढीका कारण एक शताब्दी यताकै बढी क्षति भएको र मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको’ उल्लेख गर्नुभएको छ । बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको छ । एएफपी