खत्री नेकपाको दार्चुला अध्यक्ष

 

दार्चुला, २ भदौँ। पूर्व एमाले र पूर्व माओवादी एकीकृत भएपछि नेकपाको जिल्ला नेतृत्व अध्यक्ष गणेशसिंह खत्रीले गर्ने भएका छन् ।
प्रदेश नम्बर ७ का नेकपा नेताहरु भीम रावल, लेखराज भट्ट, कर्णवहादुर थापा र लक्ष्मणदत्त जोशी सम्मिलित कार्यदलले दार्चुला पार्टी अध्यक्षमा तत्कालीन नेकपा माओवादी केन्द्रका संयोजक खत्रीलाई बनाउने निर्णय गरेका हुन् ।

१ सय २५ सदस्यीय जिल्ला कमिटीमा एमालेका भागमा ७० र माओवादीका भागमा ५५ सदस्य परेका छन् । ४५ सदस्यीय सचिवालयमा एमालेका २५ जना र माओवादीका २० रहने बताइएको छ ।

पार्टी सचिव तत्कालीन एमालेका भागमा परेपछि नेताहरुबीच दौडधुप चलेको छ । पूर्व एमाले सचिव ज्ञानेन्द्र घर्ती, पूर्वउपाध्यक्ष उदयसिंह बडाल, पूर्वसचिव मोहनसिंह धामी, आर्थिक विभाग प्रमुख जहेन्द्रसिंह ऐतवाल सचिवको दौडधूपमा छन् ।

Promise Education Consultancy