चितवन जिल्ला सेक्रेटरी खड्का चितवन प्रहरीको नियन्त्रणमा, विनार्सत छाड्न ताम्सालिङ्ग ब्यूरोको माग

 चितवन , ०१ भाद्र । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पश्चिम ताम्सालिङ ब्युरो सदस्य तथा चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का, कार्यकर्ताद्वय राम सेढाँई र नवराज गुरुङलाई चितवन प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ ।
उनीहरुले मध्यान्न १२ बजे जिल्लाको चेतनाभिलेजबाट पक्राउ परेका उनीहरु माथि प्रहरीले आवश्यक रूपमा अनुसन्धान गरिरहेको बताइएको छ ।
स्रोतका अनुसार उनीहरु अवाञ्छित गतिविधिमा संलग्न रहेको भन्ने गुनासोका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु माथि आवश्यक रूपमा अनुसन्धान भैरहेकोले तत्कालै केही बताउन नमिल्ने स्रोतले बताएको छ ।
पक्राउ परेकालाई छाड्न ताम्सालिङ्ग ब्यूरोको माग 
उता , नेपाल कम्युनिस्ट पार्टीका पश्चिम ताम्सालिङ ब्युरोका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्यूरो इन्चार्ज आधारले  चितवन जिल्लाका सेक्रेटरी धुर्वलगायत पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी चितवन प्रशासनले अज्ञात बनाएको बताउदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
ब्यूरो इन्चार्ज आधारद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कम्युनिस्टको नाममा सामाजिक फाँसीवादको अभ्यास गरिराखेको केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएकोमा आपत्ती जनाएको छ ।
संसदीय दलहरुले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरुलाई यो सरकारले लत्याइ राखेकोमा समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलरुपमा विप्लव नेतत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि सरकारले अघोषित प्रतिबन्ध लगाएको र सरकार गठन भएदेखि पार्टीका दर्जनौं नेता/कार्यकर्ताले जेल जीवन बिताउनुको साथै सयौं कार्यकता माथि झुठा मुद्दा लगाइएकोमा समेत घोर निन्दा तथा भर्त्सना भएको जारी बिज्ञप्तीमा उल्लेख गरेको छ ।

Promise Education Consultancy