आक्रमक बन्दै सडक डिभिजन प्रमुख झा : वाईपास सडक ढिलासुस्ती गर्ने गौरी पार्वती निमार्ण कालोसूचीमा

प्रकाश सिग्देल

चितवन, १ भदौँ । भरतपुरको वाईपास सडक विस्तारको ठेक्का पाएको गौरी पार्वती निमार्ण सेवालाई कालोसुचिमा राख्ने तयारी भएको छ ।
वाईपास सडक निमार्णमा ठेकेदार कम्पनीले चमर लापरबाही र ढिलासुस्ती गरेपछी कालोसुचिमा राख्ने सोचमा सडक डिभिजन कार्यालय पुगेको हो । २०७३ पुस १९ मा १५ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको सडकको हाल सम्म १८ प्रतिसत कामै काम सम्पन्न भएको छ । तोकिएको मितिमा काम नभएपछि पुन २०७५ असोज १३ सम्मको लागी समय थप गएिको छ । यो समयभित्र काम पुरा हुने सम्भावना १ प्रतिसत पनि नरहेको र अव समय थप्ने भन्दा पनि निमार्ण कम्पनीलाई कालोसुचीमा राख्ने तयारीमा आफुहरु रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाले बताउनु भयो ।


ठेकेदारले बिजुलीका पोल र सडक छेउका रुखलाई बाहाना बनाउदै गर्न सक्ने काम पनि नगरी सडक बिस्तारमा चरम लापरबार्ही गरेकाले अव समय थप गर्ने मनसायमा आफुहरु नभएको उहाको भनाई छ ।
ठेकेदारले तोकिएको मितिमा काम सम्पन्न नगरे सम्झौता रकमको प्रतिदिन ०.०५ प्रतिसतका दरले जरिवर्ना तिर्नु पर्ने हुन्छ । सडक डिभिजनले गौरी पार्वती निमार्ण सेवालाई किन काबार्ही नगर्ने शिर्षकको पत्रनै जिल्ला प्रशासनमा समेत पठाएको छ ।

गत वर्षको पुस १९ गते २०७४ चैत १९ गतेसम्म सम्पन्न गर्ने गरी गौरी पार्वती निर्माण सेवासँग डिभिजन सडक कार्यालय भरतपुरले सम्झौता गरेको थियो । नेपाल सरकारको १२ करोड ८१ लाख ८२ हजार ९ सय ४७ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको चार दशमलब चार किलोमिटर लामो सडकको हाल सम्म नाला र केही ठाउमा ग्याबिन भर्ने बाहेक अन्य काम केही भएको छैन् ।
निमार्ण कम्पनीले हाल सम्म २ करोण ७४ लाख ८१ हजार ४०५ रुपैयाको मात्रै काम गरेको प्रमुख झा बताउनु हुन्छ । यस हिसावले हेर्दा उसको प्रगती १८ प्रतिसत मात्रै हुने झाको भनाइृ छ ।
यता ठेकेदार दिपक कोईरालाले बिजुलीको तार, खानेपानीको पाईप र सडक छेउका रुखका कारण समयमै काम गर्न समस्या भएको बताउनु भयो ।

अहिले वर्षातको समय भएकाले यो बेला काम गर्न असहज हुने र सडकको अवरोध हटे ६ महिना भित्रमा काम सम्पन्न गर्ने उहाको भनाई छ ।

डिभिजन सडक कार्यालय भरतपुरकी इञ्जिनियर गीताञ्जली कोईरालाले विद्युत र टेलिफोनका पोल र खानेपानीको पाईप सार्न गतवर्षको चैतमा नै सम्बन्धित कार्यालयलाई पत्राचार गरी पोल सार्न २ करोड २० लाख बजेट समेत विनियोजन भइृसकेको र पोल सार्ने काम ढिला भएकाले काम ढिला भएको बताउदै ठेकेदारको बचाउ गर्नु भयो ।
उहाले ठेकेदाको कम्जोरी नभएको आसय प्रकट गर्नु भयो । सो सडक बिस्तार पछि चार लेनको हुनेछ । सडकको दुवैतर्फ एक दशमलब दुई मिटरका ड्रेन, ड्रेनभन्दा बाहिर दुई मिटर फुटपाथ र सडकको बीचमा १ दशमलब पाँचदेखि दुई मिटरको बगैंचा सहितको डिभाईडर हुने छ ।
डिभाईडरको दुवैतर्फ सात÷सात मिटरको कालोपत्रे सडक हुने प्रमुख झा बताउनु हुन्छ ।

Promise Education Consultancy