एकसिंगे गैँडा मृत भेटियो

चितवन, भदौ १  । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैँडा मृत फेला परेको हो।

दाह्रा समेत खिएको अवस्थामा मृत फेला परेको गैँडा बूढो भएर मरेको अनुमान पोष्टमार्टमका सहभागी पशु चिकित्सकले गरेका छन्। यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैडा मरेको यो पहिलो हो। अघिल्लो वर्ष विभिन्न कारणले २६ गैँडा मरेको तथ्यांक निकुञ्जसँग छ।

यबाढीले बगाएर चार गैँडा मरेका थिए। पछिल्लो समयमा जुधेर र अन्य कारणले गैँडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीहरुले चिन्ता प्रकट गरेका छन्। बाघ, गैँडा लगायत वन्यजन्तुको प्राकृतिक मर्ने दर बढ्न थालेपछि उनीहरूले अनुसन्धानको माग गर्दै आएका छन्।

Promise Education Consultancy