सन्काहा पाइलटजसले पत्नीको ज्यान लिन घरमाथि खसाए हवाईजहाज

वासिङ्टन – अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् ।घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए ।

पुलिसले उनलाई सोमबार घरेलू हिंसाको आरोपमा गिरफ्तार गरेको थियो । यसबाट दुस्खी भएका डुएनले पत्नीसँग बदला लिने योजना बनाए । प्रहरीको हिरासतबाट छुटेपछि ती युवाले हवाईजहाज चोरी गरेर आफ्नै घरमा दुर्घटना गराइदिए ।

पुलिस सार्जेन्ट नोएमी स्यानडोवालका अनुसार डुएन एक व्यावसायिक पाइलट थिए । उनी भ्यानकन नामको निर्माण कम्पनीका लागि जहाज उडाउने काम गर्थे ।

सोमवार गिरफ्तारीको केही बेरमै उनलाई प्रहरीबाट जमानतमा रिहा गरियो । त्यसपछि उनी सीधै आफ्नो निर्माण कम्पनीमा पुगे । त्यहाँबाट उनले सेसना ५२५ जेट विमान उडाएर स्थानीय समयानुसार मंगलबार बिहान २ बजेर ३ मिनेटमा आफ्नै घरमा दुर्घटना गराए ।

स्लेज बुहलर नामका छिमेकीका अनुसार सोमवार अबेर राति घरमाथिबाट हवाईजहाज उडिरहेको सुनिएको थियो । ‘म बाहिर निस्कँदा जहाज जमिनतर्फ आइरहेको थियो’, उनले भनेका छन्, ‘सुरुमा हवाईजहाज पहाडमा ठोक्किएला ठानेको, तर मेरै छिमेकी घरमा पस्यो ।’ अन्नपूर्ण पोस्टबाटमा बखर छ ।