सत्तापक्षकै सांसद्द्वारा मन्त्री महासेठको आलोचना

काठमाडौँ, १ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् । उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उहाँसँग प्रश्न गरेका थिए ।

सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिनुभयो ।

उत्त, बैठकमा नेकपाका सांसद आशाकुमारी विकले भन्नुभयो–मानिसमा आक्रोश छ जिल्ला जान सकिएको छैन, काम नहुँदा जनतामा निराशा छाएको छ ।’

नेकपाकै सांसद् इन्दुकमारी शर्माले जोरपाटीको यात्रा गर्दै डेरा जाँदा सांसद्को लोगो खोलेर गइरहेको बताउँदै भन्नुभयो– ‘यात्रामा जनताको गुनासो मात्र आउँछ, सधैं आलोचना गर्छन्, बाटो पनि हिँडिसक्नु छैन ।

‘यी सबै नेतालाई यही खाल्डोमा हाल्नुपर्छ भन्छन्, पानीजहाज कुद्यो भनेर व्यङ्ग्य गर्छन्’–सांसद् कल्याणी खड्काले भर्खरैमात्र पीच भएको बाटोको पीच उप्किएको प्रसङ्गमा मन्त्रीको आधिकारिक धारणा माग गर्नुभयो । उहाँले कामको जिम्मा लिएर समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही हुनुपर्ने बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Promise Education Consultancy