नगरपालिका संग सहमति जुटेसंगै कांग्रेस रत्ननगरले निकाल्यो विज्ञप्ती

चितवन, ३१ साउन । रत्ननगर नगरपालिकामा कर बृद्धि भएको भन्दै अन्दोलनरत साँत दल र नगरपालिकाबिच हिजो सहमति भएको छ । बिज्ञ टोली गठन गरि बृद्धि भएको कर केहिदिन भित्रै समायोजन गर्ने दुवैपक्षबिच सहमति भएको हो । रत्ननगर नगरपालिकासंगको सुहमती जुटेपछि आज नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले एक विज्ञप्ती जारी गर्दै रत्नगर नगरपालिकाले अस्वभाविक कर बृद्धि गरेको भन्दै आन्दोलमा सहभागि राजनैतिक दल , नगरवासी,व्यवसायी, पेशाकर्मी प्राध्यपक ,पत्रकार, विद्यार्थी लगायतलाई विज्ञप्ती जारी गर्दै धन्यावाद दिएको छ ।साथै आगामि यस्ता सार्वजनिक तथा जनसरोकारका विषयमा नागरीक तथा नागरीक समाजको सहयोग तथा सहभागिता रहने छ भन्ने आशा गरेको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।
नगरपालिकाले कर बृद्धि गर्ने निर्णय गरेपछि, नेपाली कांग्रेस,राष्ट्रिय जनमोर्चा,नयाँ शक्ति पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी माले र देशभक्त जनगणतान्त्रिक मोर्चा आन्दोलनमा उत्रिएका थिए ।