रत्ननगर नगरपालिकासंग सहमती जुटेपछि सात दलबाट आयो यस्तो विज्ञप्ती

चितवन, ३१ साउन । रत्ननगर नगरपालिकासंगको सुहमती जुटेपछि सात दलले आज संयुक्त विज्ञप्ती जारी गरिएको छ ।  रत्नगर नगरपालिकाले अस्वभाविक कर बृद्धि गरेको  भन्दै आन्दोलन गरेका सात दलले नगरपालिकासंग ११ बुदेँ सहमती भएपछि आन्दोलनमा सहयोग गर्ने नगरवासी,व्यवसायी, पेशाकर्मी प्राध्यपक पत्रकार। विद्यार्थी लगायतलाई आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै धन्यावाद दिएका हुन् ।
नगरपालिकाले कर बृद्धि गर्ने निर्णय गरेपछि, नेपाली कांग्रेस,राष्ट्रिय जनमोर्चा,नयाँ शक्ति पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी माले र देशभक्त जनगणतान्त्रिक मोर्चा आन्दोलनमा उत्रिएका थिए ।
साथै आन्दोलनलाई विभिन्न व्यवसायी संघसंगठनहरुले पनि समर्थन गरेका थिए ।

Promise Education Consultancy