सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्यो : नेपाली काँग्रेस

काठमाडौँ, ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएको छ ।
बिहीबार काठमाडौमा समसामयिक अर्थ राजनीतिको समीक्षा कार्यक्रमको आयोजना गर्दे काँग्रेसले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने समेत दाबी गरेको छ । सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न काग्रेस शिर्ष नेताहरुले कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरे । वरिष्ठ नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप लगाए । पौडेलले सरकारको कामलाई काँग्रेसले अबरोध गरेको भनेर झुटो आरोप लगाईएको भन्दै सरकारले भाषण अनुसार काम गर्न नसकेको बताए ।
त्यस्तै काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गरे । निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै महतले निजी क्षेत्रलाई विश्वासमा लिन सरकारसँग आग्रह गरे । सरकारसँग काम गर्ने ढंग नै नभएको महतले टिप्पणी गरे ।
कार्यक्रममा काँग्रेसका नेताहरुले सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब काँग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने धारणा राखेका थिए । सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, व्यापारी र सर्वसाधरणमाथि गरेको उनीहरुको भनाइ छ ।

Promise Education Consultancy