भदौं ३ गतेदेखी चितवनमा ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’ हुने

चितवन, ३१ साउन ।  भदौ ३ गतेदेखि चितवनमा एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प हुने भएको छ । ह्याण्ड इन ह्याण्ड इभेन्ट्सको आयोजनामा एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प हुन लागेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गरि इभेन्ट्सले यस पब्लिक स्पिकिङ च्याम्पमा चितवन र नवलपुरका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने जनाएको छ ।

भदौं ३ गते देवघाट अडिसन सुरु हुने र भदौं २२ गते फाईनल प्रतिस्पर्धा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विमोचन आचार्यले जानकाी दिनुभयो ।

पहिलो दिन भदौं ३ गते गलेश्वर आश्रम देवघाटमा, ४ गते पर्साको ग्लो साईन एकेडेमी, ५ गते टाँडीको न्यू क्यापिटल कलेज, ६ गते नवलपुरको कावासोतीस्थित सिदार्थ इङलिस, ७ गते गीतानगरको पारिजात इङलिस स्कूल, ८ गते गैंडाकोटको जनक उच्च मावि र भदौं ९ गते नारायणगढको उद्योग वाणिज्य संघको सभाहलमा अडिसन हुने कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ।

अडिसनबाट छानिएका विद्यार्थीहरुलाई भदौं १६, १७ र १८ गते तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिने संयोजक आचार्यले जानकारी दिनुभयो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन कार्यक्रममा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उनले विद्यार्थीहरुको वृद्धिविकासका लागि एक्सपर्टले सधै सहयोग गर्ने बताए ।
निप्पोन एजुकेशन सेन्टर नारायणगढका अविस्कार रिजालले यस प्रतियोगिताले विद्यार्थीहरुमा लुकेको कला बाहिर ल्याउन मद्धत पुग्ने भएकोले यसैका लागि सहकार्य गरेको रिजालले बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र ट्रफी, द्धितिय हुनेले नगद १० हजार र ट्रफी, तृतीय हुनेले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

Promise Education Consultancy