लक्ष्मिको सेल्फी सिरिज बजारमा(भिडियो सहित)

सन्जय दुवाडि

चितवन ३१ श्रावण । चर्चित गायिका लक्ष्मी मल्लले तीजको सेल्फी ४ बुलाकी भाका बजारमा ल्याएकी छिन । सेल्फी सिरिजलाई निरन्तरता दिदै सेल्फी ४ बुलाकी बजारमा मल्लले ल्याएकी हुन ।
बसन्त थापा,लक्ष्मी मल्ल,श्रीकृष्ण बम मल्ल र ललिता पौडेलको सुमधुर आवाजमा सजिएको यो तिजको भाकामा श्रीकृष्ण बम मल्लले लय तथा शब्द सिर्जना गरेका छन ।
अडियो र भिडियोमा अब्बल देखिएको यो भाकामा दुर्गेश थापा र लोजिना एल्सीले अभिनय गरेका छन ।अजय रेग्मिको छायांकन र दिपक विष्टको सम्पादन रहेको भिडियोलाई काजी श्रेष्ठले निर्देशन गरेका हुन । सेल्फी ४ बुलाकीलाई बिन्दबासीनी म्यूजिकको अफिसियल यूट्युब एकाउन्टमा समेत गएर हेर्न सकिन्छ ।

Promise Education Consultancy