क्रिकेटरले तलव नपाएको १९ महिना भयो , दैनिकी चलाउन नै कठिन कति खेलाडीलाई

चितवन , ३० साउन ।  अरु देशका क्रिकेट खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता अथवा कुनै सिरिजमा राम्रो गरे क्रिकेट संघले बोनस दिने गर्छ । तर हाम्रो देशमा क्रिकेट खेलाडीको अवस्था विलकुल फरक छ । पहिलो एकदिवसिय सिरीज एक एकको बराबरी गरेर घर फर्किदा खेलाडीको जितमा सबैले खुसी मनाए ।

तर खेलाडी पिडा भने अर्कै छ । उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले बोनस त परै जाओस् १९ महिना देखि तलव समेत पाएका छैनन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर सत्य यही हो, उनीहरु तलब सुविधा नलिई देशका लागि खेलिरहेछन् ।

नेपाली टिम मैदानमा उत्रिदा खेलाडीहरुको अनुहारमा कहिँकतै पनि पीडा या हैरानी देखिदैन । उनीहरु निकै ठुलो धैर्य र साहशका साथ खेलमा जुट्छन् । पानी चुहिने इन्डोर हलमा अभ्यास गर्नु पर्ने बाध्यता, आफुरुलाई रेखरेख गर्ने अविभावकको कमी अनि १९ महिना देखि तलव नपाउँदाको कठिन परिस्थिति – यी सवै भूलेर उनीहरु देशका लागि खेल्दै आइरहेका छन् ।

हो, नेपाली क्रिकेट खेलाडीको जीवन सवैले सोचेजस्तो सहज छैन । निलम्बन हुनु अघिको क्यानले २५ जना खेलाडीलाई ए, बी , सी र डी वरियतामा छुट्याएर मासिक पाँच देखि ३५ हजार सम्म तलव दिने ब्यबस्था गरेको थियो । तर त्यही तलब नपाएको पनि १९ महिना भयो ।

यो विषयमा खेलाडी आफैपनि अहिलेको समय नै यस्तै छ भनेर चित्त बुझाइ रहेका छन ।

खेलका साथै परिवारको जिम्मेवारी पनि खेलाडीहरुले वहन गर्नुपर्ने त्यसमा पनि काठमाडौ बाहिरबाट आएका खेलाडीलाई त झन गार्हो नै छ । नेपालमा एक पटक अन्तराष्ट्रिय उपाधि जिते पर्याप्त आर्थिक पुरस्कार पाउने ब्यबस्था पनि छैन ।

वान डे खेल्ने यी खेलाडीको समस्या सुन्ने निकाय नै छैन अहिले । खेल हारे यी खेलाडीले हारको जिम्मेवारी लिन्छन् । नराम्रो खेले टिमबाट निकालिन्छन् । तर मैदानमा राम्रो गर्दा केही स्याब्बासी र मौखिक बधाई मात्र पाउँछन् । के अब पनि यसरीनै चल्छ त नेपालको क्रिकेट ?

Promise Education Consultancy