गर्मीमा लामखुट्टे : यसरी सजिलै भगाउनुहोस् 

चितवन, ३० साउन ।  यो गर्मीको सिजन हो । तराई क्षेत्रमा गर्मीयाममा मच्छरले ज्यादै दुःख दिने गर्छ । यसले दैनिकी नै बिगारेको हुन्छ । आखिर यसबाट कसरी मुक्ति पाउने ? मच्छरको टोकाइबाट बच्न यहाँ केही टिप्स दिएका छौं :

– यदि तपाईं मच्छरधूपबाट दिक्क हुनुहुन्छ भने तपाईंसँग अर्को विकल्प पनि छ । त्यसनिम्ति बिहान र बेलुका कोठामा कपुर जलाउँदा पनि राम्रो हुन्छ । यसो गर्दा लामखुट्टे भाग्छ । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउँदा मच्छर/किरा भाग्छ ।

– अर्को भरपर्दो उपाय भनेको नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या कम हुन्छ ।

– त्यसैगरी, मुलायम कटनको टुक्रामा कपुर, दुईटा अलैंची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टेले टोक्दैन ।

– लामखुट्टेबाट बच्न कागतीलाई काटेर त्यसमा २/३ वटा ल्वाङ लगाई कोठामा राख्न सकिन्छ । त्यसो गर्दा लामखुट्टेलाई रोक्न सकिन्छ । फाईल फोटो