चलन यस्तो पनि जहाँ बिहेपछि हरेक रात ससुराली जानुपर्छ !

एजेन्सी :  संसारमा संस्कार र परम्परा पनि अनेक–अनेक हुन्छन् । चीनमा यस्तै अनौठो संस्कार रहेको छ । युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित वैवाहिक संस्कार सबैलाई अचम्ममा पार्नेखालको रहेको छ ।

खबरअनुसार उक्त आदिवासी समुदायमा बिहे गरिसकेपछि पति–पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा ।

बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा राति बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नै पत्नीसँग रात बिताउँछन् । तब रातभर पत्नीसँग बिताएपछि पति बिहानै उठेर आफ्नै घरकामतिर फर्किन्छन् । बेलुका फेरि उही तरिकाले ससुराली नै पुग्छन् ।

यो पनि बताइएको छ कि, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमधये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ ।

त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् ।

यो आदिवासी समुदायमा कुनै महिलाले बच्चा जन्माएपछि हुर्काउने, पढाउने जिम्मेवारी महिलाकै माइती पक्षले गर्ने परम्परा रहेको छ ।

Promise Education Consultancy