पृथ्वी राजमार्गमा दुर्घटनाको दर बढ्यो

धादिङ, ३० साउन । राजमार्गमा हुने सवारी दुर्घटनामा कमी ल्याउनका लागी प्रहरीले कडाई गरी सवारी कारवाही गर्ने गरेको भए पनि सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।
आर्थिक वर्ष २०७३/०७४को तुलनामा गत आर्थिक वर्ष २०७४/०७५लाईहेर्नेहोे भने दुर्घटनाको संख्या बड्नुका साथै मानविय क्ष्यती समेत बढेको छ ।
आर्थिक वर्ष २०७३/०७४मा ९८ ओटा सवारी दुर्घटनामा परी ९० जनाको मृत्यु भएको थियो भने गत वर्ष एक सय ५५ सवारी दुर्घनामा परी ११७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसका साथै आर्थिक वर्ष २०७३/०७४को तुलनामा जिल्ला ट्राफिक प्रहरीमा संकलन हुने राजश्व यस वर्ष ५० प्रतिशतले घटेको छ । राजमार्गहरुमा हुने सवारी दुर्घटनामा कमी ल्याउनका लागी ट्राफिक प्रहरीहरुले गरिएको सवारी कारवाहीबाट धादिङमा यस वर्ष दुई करोड मात्र राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७३–०७४मा तिन करोड नब्बेलाख ३९ हजार राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०७४/०७५मा भने दुई करोड चार लाख मात्र संकलन भएको छ । यस वर्ष संकलन भएको राजश्व भने गत तिन वर्ष एताकै सबै भन्दा कम हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सावारीका साधनहरुले गरेका साना ठुला गल्तीहरुलाई सुधार गर्र्नका लागी सवारी चालकहरुलाई गरेको कारवाहीबाट उक्त राजश्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७३/०७४मा ट्राफिक प्रहरीले करिव ५५ हजार भन्दा धेरै सवारीका साधनहरुलाई कारवाही गरी सो राजश्व संकलन गरेको हो । यस वर्ष भने ३१ हजार पाँच सय सवारीका साधनहरु कारवाहीमा परेका थिए ।
सवारी कारवाहीमा कम सवारीका साधनहरु परेका कारण चालकहरुको आचरमा केही सुधार आएको अनुमान भने गरिएको छ ।

Share this: