पहिरोमा सासु बुहारी बेपत्ता

बागलुङ, साउन ३० । जिल्लाको निशीखोलामा बुधबार बिहान पहिरोमा परी सासु बुहारी बेपत्ता भएका छन्। निसीखोला गाउँपालिका –३ मुस्केलाका ६५ वर्षीया धनकुमारी शाही र उनकी बुहारी ३५ वर्षीया डल्ली शाही पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूसँगै रहेका बालक विदेश सामान्य घाइते भएका छन्। घरमूली मानबहादुर शाही पनि सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

बिहानको समयमा घटना भएकाले मानबहादुर घरमाथिको गोठमा गएको हुन सक्ने प्रहरीको अनुमान छ।

Promise Education Consultancy