हाती आक्रमणबाट मृत्यु

उदयपुर, साउन ३० । उदयपुरको बेलका नगरपालिका – ३ धौरिटप्पुमा जगली हातिको आक्रमण आज बिहान एक युवकको मृत्यु भएको छ ।

२/३ वटाको समुहमा आएको हातिले घरमै सुतिरहेका ३५ बर्षिय कुमार सार्किलाइ उठाएर ५० मिटर पर लागि च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिहले बताए ।

हातिले बिहान साढे ४ बजे घरको टाटी फोरेर सुति रहेका सार्किलाइ सुढले उठाएर लगेर मारेको प्रहरी निरीक्षक सिहले बताए । हातिको समूह कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट आएको प्रहरिले जनाएको छ ।

Promise Education Consultancy