अचम्म ! एउटै आलुको मूल्य १२ करोड रुपैयाँ !

 

एजेन्सी : एउटै आलुको मूल्य करोडौं रुपैयाँ पर्छ भन्दा तपाईंलाई हदै हावादारी कुरा लाग्ला । तर, यो सत्य हो । यसको कहानी पनि भनिहालौं ।

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो झन्डै १२ करोड रुपैयाँमा बेचेका छन् । खबरमा बताइएअनुसार केबिन एबोस नामका ती फोटोग्राफरले आफूले अग्र्यानिक आलुको एक तस्बिर अज्ञात युरोपेली व्यवसायीलाई बेचेको दाबी गरेका छन् ।

खबरमा उल्लेख भएअनुसार यो तस्बिर सन् २०१० मा खिचिएको थियो । यसको सर्वाधिकार सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको सेरिल स्यान्डवर्ग तथा मलाला यसुफजईमा पनि निहीत रहेको छ ।

यो आलुको प्रिन्टको तीन कपि छ । जसमा एक कपि फोटोग्राफरको निजी संग्रहहालयमा राखिएको छ भने अर्को कपी सर्भियाको एक संग्रहालयमा राखिएको छ । बाँकी तेस्रो कपी भने अज्ञात व्यवसायीलाई बिक्री गरेको भनिएको छ ।

अब प्रश्न उठ्छ कि, कोही कसैले किन एउटा आलुको तस्बिरलाई यति महँगो मूल्यमा किन्यो होला ? तर, एबोसले भने अन्य व्यक्तिले यसअघि पनि आफ्नो घरबाट यस्ता कलाकृति किन्दै आएको बताएका छन् ।

त्यत्ति मात्रै हैन, एबोसले त आफ्नो कलाकृतिसँग आफूले सँगै बसेर मदिरासमेत पिएको दाबी गरेका छन् । मदिरा पिउनेक्रममा ती व्यक्तिले आफ्नो पेन्टिङ मन पराएर मोल लगाएको उनको दाबी छ ।

एबोसले यो स्वीकारेका छन् कि, आजसम्म उनले बनाएका कलाकृतिमध्ये यो सबैभन्दा महँगोमा बेचिएको हो ।

Promise Education Consultancy