सात दल र नगरपालिकाबीचको बैठक निश्कर्षविहिन, आन्दोलनलाई रेवानको पनि समर्थन

चितवन, २९ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कर वृद्धिको विवाद चुलिएको छ । जसका कारण सात राजनीतिक दलले कर बृद्धिको विरोधमा थालेको आन्दोलन बढ्दै गएको छ ।
यसैबीच कर वृद्धि विरुद्धको आन्दोलनलाई रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनले समर्थन गरेका छन् । अध्यक्ष गोकर्ण विष्टले आज एक विज्ञप्ती जारी गर्दै आन्दालनको समर्थन गरेका हुन् । “नगारपालिकाले हालै वृद्धि गरेको व्यवसाय कर, घर भाडा कर तथा सम्पती एकिकृत कर, फोहोर मैला लगायत विभिन्न शिर्षकमा लगाईएको कर वृद्धि समय र सापेक्ष नदेखिएको रेवानका सदस्यहरु लगायत सम्पूर्ण पर्यटन व्यावसायी र स्थानीय वासीबाट व्यपक जनगुनासो आएपछि रेबानको आज(मंगलबार) बसेको बैठकले जारी आनदोलनलाई पूर्ण ऐक्यावद्धता जनाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।
साथै विज्ञप्तीमा भनिएको छ,कर वृद्धि फिर्ता नभए सम्म यस आन्दोलनलाई पूर्णरुपमा साथ दिने जानएको छ ।

यसैबीच रत्ननगर नगरपालिकामा भएको कर बृद्धिको विरोध गर्दै अनसन बसेका सात दलका प्रतिनिधी र नगरपालिकाबीच आज (मंगलबार) भएको वार्ता वार्तामा कुनै सहमती जुट्न सकेन । कर बृद्धिलगायत लगायत ११ वटा विषयमा बिरोध जनाउदै आइतबारबाट रिले अनसनमा बस्दै आएका रत्ननगरको विभिन्न सात दलका नेताहरु र रत्ननगर नगरपालिकाको वार्ता समितीबिच भएको वार्तामा आन्दोलनरत पक्षहरुले करमा कुनै पनि वृद्धि गर्न नहुने र साविककै कर कायम गर्नुपर्ने अडान लिएपछि वार्ता बिना निश्कर्ष टुङगीएको हो ।

 

Promise Education Consultancy