दैनिकीन्युजको प्रथम वार्षिकोत्सब : संघीयतालाई बदनाम गर्न खोजियो : खानेपानी मन्त्री मगर

 

ललितपुर, साउन २९ । खानेपानी मन्त्री बिना मगरले नेपालमा भर्खरै कार्यान्वयनमा आएको संघीयतालाई बदनाम गर्न खोजिएको आरोप लगाएकी छिन ।

दैनिकीन्युज डटकमको प्रथम वार्षिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री मगरले तिनै तहको सरकार निर्माण गरेर अभ्यासमा रहेको सङ्घीयतालाइ अनावश्यक विवादमा ल्याउन खोजिएकोमा असन्तुष्टि जनाइन ।

उनले भनिन-‘सङ्घीयताले आधारभुत जनताको अधिकार रक्षा् गरेको छ, सिमित वर्गको पहुचमा रहेको राज्यसत्तालाइ गाउ, गाउँ पुर्याएको छ तर पछिल्लो दिन यसबारेमा हुँदै नभएको बिषय ल्याएर विवाद गर्न खोजिदैछ यसतर्फ सतर्क रहन पर्छ ।’

नेपालमा भिभिन्न कालखण्डमा पत्रकारले राज्य परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै मन्त्री मगरले सङ्घीयता बारेको अनावश्यक भ्रम चिर्न मिडिया लाग्नुपर्ने बताइन ।

कर प्रणाली बारे पछिल्ला दिन भएको हल्लामा कुनै सत्यता नभएको बताउदै उनले संविधान व्यवस्था भएअनुसार काम भइरहेको दाबी गरिन । उनले भनिन-‘ संविधान भन्दा बाहिर गएर कुनै सरकारले पनि कर उठाउन सक्तैन, विधि, प्रक्रिया र कानुन सम्मत नै भएको छ ।’

आर्थिक समृद्धिका लागि अघि बढेको सरकारले जनतालाई अनावश्यक करको बोझ नबोकाउने उनले जिकिर गरिन । मुलुक ऎनले कसैलाई पनि समस्यामा नपार्ने उनले बताइन । ‘सबै कुरालाइ व्यबस्थित बनाउन मुलुकी ऎन आएको हो, त्यहा सबैका लागि राम्रै गर्ने उद्देश्य रहेको छ पत्रकारलाइ पनि अझै ब्यबस्थित बनाउन ऎनले भुमिका खेल्छ ‘ मन्त्री मगरले भनिन

 

दैनिकीन्युजले गर्यो पत्रकारलाई सम्मान

दैनिकी न्युज डटकमले आफ्नो पहिलो वार्षिकोत्सब अवसर पारेर दुईजना पत्रकालाई सम्मान गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा अन्नपूर्ण पोस्टका नितु घले र एभिन्युज टिभीका दिपक अर्याललार्इ सम्मानित गरेको हो ।

ललितपुरबाट गोदावरी घुम्न जादा बेपत्ता भएका जोन तामाङको पहिलो समाचार एभिन्युजकर्मी अर्यालले प्रसारण गरेका थिए ।

त्यसैगरि अन्नपूर्ण पोस्ट दैनिकमा महिला जागरण बिषयबस्तु उठाएका कारण घलेलाइ सम्म्मानित गरिएको बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको संस्थाका अध्यक्ष गणेश बहादुर आचार्यले बताए ।