गृहमन्त्री बादलको खुलासा -सुन तस्करी हुने मुख्य ठाउँ पत्ता लाग्यो

काठमाण्डु, २९ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको बताएका छन् ।मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको पनि गृहमन्त्रीले दावी गरेका हुन् ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको पनि छानबिनबाट पत्ता लगाइएको पनि बताए । ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ ।

गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको बताए ।

गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिए । उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरे । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताए ।

Promise Education Consultancy