मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई, हेरौँ फोटोफिचर र भिडियो

राजेन्द्र आचार्य/धर्मराज चालिसे
चितवन, २९ साउन । नेपाल सरकारले उपहार स्वरुप चीन सरकारलाई दुर्लभ एकसिंगे गैंडा पठाउने कार्य सकिएको छ ।


मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनि र सोल्टीको चितवनवाट विदाइसगैँ गैडा स्थानान्तरण कार्य सकिएको हो । चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई गएको असार २६ गते विदाई गरिएको थियो ।

 

 

 

 

 

 


चीनलाई उपहार दिन डेढमहिनादेखि जैविविधता संरक्षण केन्द्र सौराहामा राखिएको गैंडालाई यसअघि नै भव्य कार्यक्रम गरि गैडाको विदाई कार्य भएकोले फेरि त्यो कार्य नदोहोराई मितिनि र सोल्टीलाई विदाई गएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए ।

यो पटक पनि चितवनका संरक्षणकर्मीहरुले दुख मनाउ गर्दै गैडाको चीन जानु भएको खुशीको कुरा भएको बताए । आफहरुले संरक्षण गरेको गैडा लागेसगैँ चीनले पनि यसको बासस्थान र मानव वन्यजन्तुको द्धन्द्धबाट हुने क्षति राहत दिन सहयोग गर्ने अपेक्षा राखेको बाघ संरक्षण समिति अध्यक्ष जीतु तामाङ्गले बताउनुभयो ।


जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकुमार अर्यालले गैंडाको विदाई कार्यक्रमलाई चेलीको विदाईमा भइरहेको पीडा आफुलाई भइरहेको बताउनुभयो ।
काठको विशेष प्रकारको खोरमा राखेर गैंडालाई काठमाण्डौं पठाइएको हो । निकुञ्जका प्रमुख वेदकुमार खड्को नेतृत्वमा पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र तीन सहयोगी सहितको टोली गैंडासंगै काठमाडौँ गएका छन् ।

चीन भने ३ सहयोगीसहित ५ जना जाने समेत प्रमुख खड्काले बताउनुभयो ।
काठमाण्डौं पठाइएको गैंडा साउन ३१ गते बोइङमा राखेर नेपालबाट चीन लैजाने कार्यक्रम छ । एक बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था भएकाले मात्रै दोश्रो फेरि एक जोडी गैडा विदाई गरिएको हो । संरक्षण, प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।


यो पटक लागिएको नेपालवाट लगिएको गैंडालाई चीनको सांघाई वाइल्ड एनिमल पार्कमा राखिने छ । यसअघि रुपसी र भद्रलाई चीन चिमेलाङ पार्कमा राखिएको थियो ।
यस अघिपनि चितवन राष्ट्रिय निकुञ्जबाट छिमेकी राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रिया लगायतका मुलुकमा २६ वटा गैंडा उपहार स्वरुप पठाइसकिएको चितवन राष्ट्रिय निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा पाइन्छ । जस मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा छन् ।