सरकारको कामकारवाही प्रति नेकपाका सांसदकै असन्तुष्टि, यो सरकार पनि किन विगतकै सरकार जस्तो

काठमाडौं, २९ साउन । नेकपाका सांसद दुर्गबहादुर रावतले विगतको जनयुद्धका क्रममा थुप्रै शिक्षकहरु विस्थापित भएको भन्दै त्यसको व्यवस्थापन गर्न आग्रह गरेका छन्। एउटै प्रकृतिका कर्मचारीको भयो, शिक्षकहरुको भइरहेको छैनु, कालिकोट १ बाट निर्वाचित नेकपा सांसद रावतले मंगलबार प्रतिनिधिसभाको बैठकमा भने, ुयो सरकार पनि विगतको सरकारजस्तै किन भइरहेको छ, गति किन आइरहेको छैनरु कुनै पनि काममा छलाङमा जानुपर्ने यो सरकारले किन गति प्राप्त गरिरहेको छैनरु सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।ु

उनले जनयुद्ध, जनआन्दोलन र संघीयता प्राप्तीको आन्दोलनको क्रममा भएका घाइते अपाङ्गहरुको उपचारको विषय कहिले मन्त्रीसँग, कहिले सचिव र कहिले डाक्टरसँग ठोकिने बाध्यतामा रहेको भन्दै उनीहरुको तुरुन्त उपचारको लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।

Promise Education Consultancy