हेटौँडा आउँदै गरेको सुमोमा पेट्रोल बम प्रहार

 

हेटौँडा,२९ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमोमा पेट्रोल बम प्रहार भएको छ ।
मकवानपुरको हुमाने भञ्ज्याङमा २ वटा टाटासुमोलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको जानकारी प्राप्त भएको छ ।

घटनाको विषयमा प्रहरीले भने अनविज्ञता जनाएको छ तर स्थानीयको अनुसार सुमोमा समान्य क्षति भएपनि मानविय क्षति भने नभएको जनाईएको छ ।

Promise Education Consultancy