माडीमा यसै वर्षदेखी दिवाकर बहुप्राविधिक शिक्षालय संचालन हुदै, हेरौँ यि विषय पढ्न पाईन्छ ?

 

चितवन, २८ साउन । चितवनको माडीमा बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले चितवनसहित आठ जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको हो ।
यस्तै परिषद्ले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयलाई तीनवर्षे प्राविधिक शिक्षा सञ्चालन गर्न समेत स्वीकृति दिएको छ ।  माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले सिटिईभिटिको आंगिक क्याम्पसको रुपमा दिवाकर बहुप्राविधिक शिक्षालय संचालन हुने निर्णयले माडीबासीले खुशी तुल्याएको बताए ।
उनले माडीमा बहुप्राविधिक शिक्षालय संचालन गर्न निर्णय भएकोमा वर्तमान शिक्षा मन्त्री गिरीराजमणी पोखरेल, पूर्व शिक्षा मन्त्रीलगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

माडीमा संचालनमा आउने बहुप्राविधिक शिक्षालयले माडी र सिंगो चितवनको शैक्षिक विकासका लागि काशेढुंगा सावित हुने बताए । यसले प्राविधिक शिक्षाको विकास, विस्तार, पहुँच तथा गुणस्तरीय बनाउन कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ । यसअघि २१७ वटा सामुदायिक विद्यालयमा १८ महीने र तीनवर्षे प्राविधिक शिक्षा सञ्चालनमा रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनालाई मूर्तरुपसमेत दिएको छ । परिषद्अन्तर्गत हाल ३७ वटा आङ्गिक शिक्षालय, २१७ सामुदायिक विद्यालय, पाँच वटा साझेदारी शिक्षालय, ४२९ वटा निजी संस्थालाई प्राविधिक शिक्षाको स्वीकृति दिएको छ ।

यसैगरी बैठकले ओखलढुङ्गास्थित जिल्ला अस्पताललाई नर्सिङ तहको पठनपाठनका लागि संभाव्यता अध्ययन गर्न समिति गठन गर्ने र सो टोलीलाई स्थलगत अध्ययनमा पठाउने निर्णय भएको सदस्य–सचिव वाग्लेले जानकारी दिए ।

परिषद्अन्तर्गत हाल स–साना छोटा अवधिका ८०० तालीम सञ्चालनसमेत भइराखेको छ । “हामी गरिखाने, भूगोल र माटो सुहाउँदो शिक्षालाई समुदायस्तरमा पुर्‍याउने अभियानमा छौं” उनले भने। सदस्य–सचिव वाग्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउन कार्ययोजना तयार गरी कार्यान्वयनमा उतारेको जानकारी दिए ।

Promise Education Consultancy