रनपामा भएको तोडफोडप्रति नेकपाको आपत्ति, काँग्रेसको दोहोरो भूमिका किन ?

चितवन, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरले नेपाली काँग्रेस लगायत आन्दोलनरत पार्टीका कार्यकर्ताहरुले नगरपलिकामा तोडफोड गर्ने, रसिद च्यात्ने लगायतका गैंर कानुनी क्रियाकलाप गर्न उद्धत भएको भन्दै गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
नेकपा रत्ननगरले सोमवार साझ एक विज्ञप्ती जारी गरी नगरपालिकाले गरेको बार्ता आह्वानलाई बेवास्था गरी तोडफोडमा उत्रिनु गलत भएको जनाएको छ ।
नेकपाका प्रतिनिधिहरु रामशरण कुँवर र राजु अम्गाई सुबोधले निकालेको विज्ञप्तीमा तोडफोड जस्ता कार्यले जनताको साझा सम्पतीको रुपमा रहेको नगरपालिकामा पुग्ने क्षतिप्रति आन्दोलनरत दक्ष जिम्मेवार रहने उल्लेख छ ।
नगरपालिकामा तोडफोड गर्ने,विल रसिद च्यात्ने,अभद्र व्यवहार प्रर्दशन गर्ने कार्यले आफैले शान्तिपूर्ण भनेको आन्दोलन हिंस्रक बनाउने तर्फ उद्धत रहेको विज्ञप्तीमा उल्लेख छ ।
नेकपाले नगरपालिकाले गठन गरेको बार्ता टोलीसंग बार्ता गरी समस्याको सामधान गर्न काँग्रेस लगायतका दलहरुलाई सुझाब दिएको छ ।
नेकपा र नेपाली काँग्रेसका जनप्रनिनिधि सहितको नगर परिषद् मार्फत एक स्वर र पूर्ण समर्थनले पारित गरेको करको विषयलाई लिएर अहिले आन्दोलित हुनु काँग्रेसको दोहोरो भूमिकाबाट हामी चकित भएका छौं विज्ञप्तीमा भनिएको छ ।