दक्ष जनशक्ति निकाल्दै सीसीएचएम कलेज

चितवन, २८ साउन । नारायणगढको लायन्सचोकमा रहेको कलेज अफ कुलेनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्ट चितवन (सीसीएचएम) ले होटल म्यानेजमेन्टका र कुलेनरी आर्टस्का दक्ष जनशक्ति उत्पादन गरिरहको छ ।
कलेजका प्रिन्सिपल दीपक अधिकारीले सीसीएचएम कलेजले भोकेसनल ट्रेनिङ डिप्लोमा इन होटल म्यानेजमेन्ट र कुलेनरी आर्टस् (परिकार बनाउने) कक्षाहरु सञ्चालन गरेको बताए । उनका अनुसार सीसीएचएम कलेजको उद्देश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।
‘स्किल मेनपावर निकाल्ने हो, टुरिजम क्षेत्रको विकासमा मुख्य भूमिका खेल्ने हाम्रो कलेजको मुख्य भूमिका हो’ उनले भने । यो कलेज नारायणगढको लायन्सचोकमा सुरु भएको १ वर्ष पूरा भएको छ । यतिबेला चौंथो व्याजको भर्ना चलिरहेको छ । कक्षा १२ सम्म कटाउन नसकेका र एसईई दिएर बसेका विद्यार्थीहरु यस कलेजमा भर्ना हुन सक्ने कलेजले जनाएको छ ।
यस कलेजले नेपालको सीटीइभीटी र मलेसियाको युरो स्किलबाट मान्यता लिएको छ ।
प्रिन्सिपल दीपक अधिकारीका अनुसार एसईई दिएको विद्यार्थीले यस कलेजमा सजिलै भर्ना हुन सक्नेछन् । ‘हाम्रो ६ महिनाको भोकेसनल कोर्ष हो, यसमा एसईईमा जुनसुकै ग्रेड ल्याएका विद्यार्थी पनि भर्ना हुन सक्नेछन्’ प्रिन्सिपल दीपक अधिकारीले भने ।
होटल र कुलेनरी आटर्ससँग रुची राख्ने चितवन र चितवन बाहिरका विद्यार्थीहरु सीसीएचएममा भर्ना भइरहेका छन् । होटलसँग बुझेका अभिभावले आफ्ना बाबुनानी सीसीएचएममा भर्ना गरिरहेका कलेजको भनाइ छ ।

‘पहिलो यो पढाइको लागि काठमाडौं वा विदेश नै जानुपर्ने अवस्था थियो ।
धेरै नेपाली विद्यार्थी यिनै विषय अध्ययनका लागि महङ्गो शुल्क तिरेर विदेश पनि गएका छन् । यहाँ हामी काठमाडौंको भन्दा पनि सस्तो शुल्कमा अध्यापन गराउँछौं । घरको खाना खाएर विदेशमा लिइने शिक्षा हामी नारायणगढमा दिइरहेका छौँ’ प्रिन्सिपल अधिकारीले भने ।
उनका अनुसार अहिले हाम्रो सोचाइ होटल म्यानेजमेन्ट भनेको भात पकाउने मात्र विषय हो भन्ने छ । ‘हामीले यो सोच बदल्न प्रयास गर्ने छौं । हस्पिटालिटी इन्ड्रष्टिजमा कसरी सहभागी हुने र सर्भिस कसरी दिने भन्ने विषयमा पनि कक्षाहरु सञ्चालन हुन्छन्’ उनले भने ।
होटल म्यानेजमेन्टको पढाइलाई प्राक्टिकल्ली बनाउने उनको भनाइ छ । युवाहरुलाई देशमै रोजगार बनाउन र देश तथा विदेशमा जाने नेपालीहरुलाई दक्ष बनाउने कलेजको उद्देश्य हो ।