भरतपुरकी मेयर रेणुले गरिन् विराटनगर महानगरमा भएको बम विस्फोट घटनाको भत्र्सना

चितवन, २८ साउन ।भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले  विराटनगर महानगरपालिकामा गराइएको बम विस्फोटको भत्र्सना भत्र्सना गरेकी छिन् । मेयर मेयर दाहालले  सोमबार प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेकी हुन् ।
विज्ञप्तीमा भनिएको छ,“ देशले शान्ति, स्थायित्व र विकासको गति लिईरहेको अवस्थामा आईतबार विराटनगर महानगरपालिकाको कार्यालयमा जनधनको क्षती पु¥याउने उदेश्यले गरिएको कायरतापूर्वक बम विस्फोटको घटनाले भरतपुर महानगरपालिकालाई गम्भिर तुल्याएको छ ।, कर्तव्यनिष्ट जनप्रतिनिधिलाई हत्तोसाहित गर्ने गरि गरिएको सांघातिक,मानवमा विरोधी बम विस्फोटको घटनाको भरतपुर महानगरपालिका भत्र्सना गर्दछ ।,”साथै जुनसुकै समूह र जे सुकै स्वार्थले गरिएका भए पनि यस्ता घटना मानवता विरोधी अवाञ्छित र जनविरोधी रहेको ठहर गर्दै विराट नगर महानगरपालिकाका मेयर भिम पराजुली र सम्पूर्ण जनप्रतिनिधिहरुलाई यस्ता अवाञ्छित र कायरतापूर्ण घटनाको भत्र्सना गर्दै उच्च मनोवलका साथ कृयाशिल रहन समेत आग्रह गरिएको छ ।
हेरौँ पुरा विज्ञप्ती

Promise Education Consultancy