चितवनका नाई पसललाई भदौँ मसान्तसम्मको समय सिमा /अटेर गरे प्रहरी खोरमा जाकिने !

 

प्रकाश सिग्देल

चितवन साउन २८ । जिल्ला प्रशासन कार्यालय चितवनले चितवन जिल्ला भित्र भएका सम्पुर्ण नाई पसललाई भदौ महिना भित्र दर्ता हुन निर्देशन गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा चितवन नाई संघका अध्यक्ष सुरेश ठाकुर, टे«ड युनियन काग्रेस प्रदेश ३ का उपाध्यक्ष घनश्याम चापागाई, खाद्य निरिक्षक प्रबिण तिवारी लगायतका पदाधीकारीको बिचमा बसेको बैठकले स्थानिय तह र आन्तरीक राजस्व कार्यालयमा दर्ता भएर सन्चालन गर्नू पर्ने निर्णय गरेको हो ।
तोकिएको समय भित्र पनि दर्ता नभए पसल बन्द गरी कानुनी कारबार्ही गरीने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । चितवनमा २ सय बढी नाई पसल छन भने दर्ता नभएका ८० प्रतिशत रहेको बताईएको छ ।
ति मध्य सबै जसो भारतिय नागरिक रहेका छन् । भारतीय नागरिकको हकमा राजस्व कार्यालयमा दर्ता हुन् भातिय दुताबास बाट पत्र सहित ५० हजार घरौटी राख्नु पर्ने काननि ब्यवस्था रहेको छ ।
तर चितवनको हकमा भने २५ हजार घरौटी छुट गरी उनिहरुको ब्यवसाय प्यानमा दर्ता गर्ने प्रवन्ध मिलाउने आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख थान प्रसाद पंगेनीले बताउनु भयो ।
नाईलाई कानुनी दायरामा ल्याउन बिगत देखी निकै ठुलो प्रयत्न भईरहेको र अव भने सफल हुने देखिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो ।