चितवनमा बजेट फ्रिज हुने क्रम घट्यो

सूर्यप्रसाद अधिकारी,

चितवन , साउन २८ ।  जिल्लामा आर्थिक वर्षमा विकास निर्माणका लागि े भएको पूँजीगत खर्च रकम फ्रिज हुने क्रम घटेको छ । गत बर्ष सरकारले समयमा तोकिएको काम गर्न नसक्ने ठेकेदारहरुलाई कडाई र जरीवाना गरेसंँगै बजेट फ्रिज हुने क्रम घटेको हो । अघिल्लो आर्थिक बर्ष ०७३्र/०७४ को तुलनामा ०७४/०७५मा बजेट फ्रिज हुने क्रम घटेको कोष तथा लेखा नियन्त्रक कार्यालय,चितवनले जनाएको छ । कार्यालयले दिएको जानकारी आर्थिक बर्ष ०७३/०७४मा जिल्लामा ७२ दशमलब ४२ प्रतिशत मात्रै पूजीगत खर्च भएको छ भने ०७४/०७५ मा ८१ दशमलब ७७ प्रतिशत पुजीगत खर्च भएको छ ।

कार्यालयले दिएको तथ्यांक अनुसार, जिल्लामा ०७३/०७४ मा ६ अर्ब २ करोड १२ लाख ८१ हजार ६सय ४ रुपैयाँ पूँजीगत खर्च विनियोजन भएकोमा ४ अर्ब ३६ करोड १० लाख ९२ हजार २०७ रुपैयाँ खर्च भएको थियो भने ०७४/०७५ मा ६ अर्ब २० करोड ३२ लाख २४ हजार ३ सय २० रकम पूजीगत खर्च विनियोजन गरिएको मध्ये ५ अर्ब ७२ करोड २५ लाख २ हजार ९सय ९३ रुपैंया खर्च भएको छ ।

अघिल्ला बर्षमा जिल्लामा सञ्चालित ठूला विकास आयोजनाहरुले रकम खर्च गर्न नसक्दा पूँजीगत खर्च बढ्न नसकेको कार्यालयका सूचना अधिकारी कृष्ण बहादुर अधिकारीले बताउनु भयो । उहांँले ठुला आयोजनाहरुमा स्थानीय तहको निर्वाचन, प्राकृतिक प्रकोप, प्राविधिक कठिनाई एवं अन्य सरकारी नीतिनियमहरुले गर्दा पनि समयमा काम हुन नसक्दा खर्च कम भएको बताउनु भयो । यस्तै बाटो तथा अन्य विकास निर्माणमा स्रोत निश्चित भएतापनि समयमै बजेट निकासा नहुदा लक्ष्य अनुसारको खर्च नभएको उहांँको भनाई छ ।

अधिकारीका अनुसार ठुला आयोजनाहरु मध्ये अघिल्लो बर्ष पूँजीगततर्फ नारायणगढ मुग्लिन सडक आयोजनाको ७९ करोड ६९ लाख ७ हजार बजेट विनियोजन गरिएकोमा ५७ करोढ ६२ लाख १८ हजार ९ सय २० रुपैयाँ मात्रै खर्च भएको छ ।

तर गत बर्ष १ अर्ब ६७ करोड ३१ लाख २२ हजार विनियोजन गरेको मध्ये १ अर्ब ६३ करोड १६ लाख ५९ हजार ७ सय ३६ रुपैयांँ खर्च भएको छ । त्यसैगरी डिभिजन सडक कार्यालयको १ अर्ब ७५ ७१ लाख १ हजार र रकम विनियोजन गरिएकोमा १ अर्ब ४० करोड ३६ लाख ७३ हजार ४ सय ५५ रुपैयाँ पूजीगत खर्च भएको छ ।
अघिल्लो बर्षको तुलनामा केही प्रतिशत मात्र भएपनि यसबर्ष पुंँजीगत खर्च बृद्धिमा सुधार आएको अधिकारीले बताउनु भयो । देशमा स्थायी सरकार आएसंँगै र देशमा संघीय संरचनामा कार्यन्वयन भएसंँगै बजेट फ्रिज हुने क्रम अझै घट्ने उहांँले बताउनु भयो ।

राष्ट्रिय गौरवका आयोजना, राजमार्ग लगायत ठुला आयोजनाहरुमा सरकारले रात्रीकालिन समयमा कामलाई निरन्तरता दिने र अत्याधुनिक उपकरणहरु प्रयोग गर्न सकिएमा समयमै विकास निमार्णका कामहरु सम्पन्न हुनसक्ने उहांँको तर्क छ ।

यसैगरी कार्यालयले दिएको जानकारी अनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ७५ करोड ९५ लाख ८१ हजार ५ सय बजेट विनियोजन भएको मध्ये चालु आवको असार मसान्तसम्म ४३ करोड ७२ लाख ७२ हजार २ सय ४३ रुपैयाँ मात्रै पूँजीगत खर्च भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा ४० करोड ९२ लाख ५९ हजार रकम विनियोजन गरिएको मध्ये ४० करोड ८१ लाख ३९ हजार ८ सय ९० रुपैयांँ खर्च भएको छ । यस्तै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा ११ करोड ८४ लाख २ हजार ९६० रकम विनियोजन गरिएकोमा ११ करोड ८३ लाख ९ हजार ३ सय ४९ रुपैयांँ पंूँजीगत खर्च भएको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा ६९ करोड ९९ लाख २ हजार विनियोजन गरिएकोमा ५५ करोड ७६ लाख २ हजार ८सय ५२ रुपैयांँ खर्च भएको छ ।

अन्य विकास निर्माणका कामहरुमा केही सन्तोष गर्ने बाटो भएतापनि ठूला आयोजनाले लक्ष्य अनुसारको काम गर्न नसकेपछि पूँजीगत खर्चमा अपेक्षा अनुसार बृद्धि हुन सकेको अधिकारीले बताउनु भयो । समयमा बजेट विनियोजन नहुने प्रवृत्तिका कारण पनि लक्ष्य अनुसारको पूजीगत खर्च हुन नसकेको हो । कार्यप्रणालीमा सुधार आएसंँगै बिस्तारै बजेट फ्रीज हुने क्रममा सुधार हुंँदै जाने उहांँको भनाई छ ।

Promise Education Consultancy