रत्ननगर नगरपालिकाको आग्रह : आउनुहोस् वार्तामा, आन्दोलन काम छैन्

चितवन, २८ साउन । रत्ननगर नगरपालिकाले आन्दोलनरत आठ राजनीतिक दललाई बार्तामा आउन आह्वान गरेको छ । कर लगायत विभिन्न माग राखेर रिले अनसन बसिरहेका नेपाली काँग्रेस सहितका दलहरुलाई विरोधका सबै कार्यक्रम स्थगित गरी नगरपालिकाले बार्तामा आउन आग्रह गरेको हो ।

विहान कार्यपालिकाको बैठक बसेर दलहरुले राखेका मागलाई सहमतिका आधारमा हल गर्ने गरी आन्दोलनरत पक्षलाई विज्ञप्ती मार्फत बार्तामा आउन आह्वान गरिएको मेयर नारायण वनले जानकारी दिए ।

बैंठकले प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना संयोजकत्वमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य रहेको बार्ता समिति गठन गरिएकोे छ । नगरपालिकाले साझ ५ बजे आन्दोलनरत पक्ष संग बार्ता गर्ने समय निर्धारण गरेको जनाएको छ ।

यता आन्दोलनरत दलहरुले कर्मचारीको संयोजकत्वमा बनेका बार्ता टोलीसंग बार्ता नगर्ने बताएका छन । यहाँका आठ राजनीति दलहरु बृद्धि गरिएको कर फिर्ता हुनुपर्ने माग गर्दै एक हप्तादेखि आन्दोलित छन ।