कर वृद्धिको आन्दोलन प्रति साना पर्यटन व्यवसायीको ऐक्यवद्धता(विज्ञप्ती सहित)

चितवन, २८ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कर वृद्धिको विवाद चुलिएको छ । जसका कारण सात राजनीतिक दलले कर बृद्धिको विरोधमा थालेको आन्दोलन बढ्दै गएको छ । नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर बृद्धि गरेको भन्दै यहाँका विभिन्न राजनीतिक दलले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । उनिहरुले आईतबार रिले अनसन नै शुरु गरेका हुन् ।
यसैबीच कर वृद्धि विरुद्धको आन्दोलनलाई साना पर्यटन व्यवसायी समूह चितवन सौराहाले एक्यवद्धता जनाएका छन् । समूहका अध्यक्ष भरत बाबु कट्टेलले सोमबार विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति ऐक्यवद्धता जनाएका हुन् ।
विज्ञप्तीमा रत्ननगर नगरपालिकाले स्थानिय सरकार संचालनको नाममा हालै वृद्धि गरेको व्यवसाय कर, घरभाडा कर तथा एकिकृत सम्प्ती कर, फोहोर मैला लगायत विभिन्न शिर्षकमा लगाईएको कर वृद्धि समय सापक्ष नभएको उल्लेख गरिएको छ।
साथै कर वृद्धिको जारी आन्दोलनप्रति साना पर्यटन व्यवसायी समूह चितवन सौराहाले एक्यवद्धता जनाउँदै कर वृद्धिको निर्णप्रति पुर्नविचार गर्न नगरपालिकालाई आग्रह गरिएको छ ।
हेरौँ पुरा विज्ञप्ती

Promise Education Consultancy