साउनको अन्तिम सोमबार, देवघाटमा दर्शनार्थीको भिड

चितवन,२८ साउन ।आज साउन महिनाको चौथो तथा अन्तिम सोमबार, देवघाटधामसहित चितवनका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा स्नान र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको हो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

Promise Education Consultancy