विश्वकै पहिलो सेक्स स्कुल, जहाँ सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा बढी ध्यान दिइन्छ

एजेन्सी, २८ साउन । अस्ट्रियाको राजधानी भियनामा एउटा गज्जबको स्कुल खुलेको छ । जहाँ भर्ना हुनका लागि कम्तिमा १६ पुगेको हुनुपर्नेछ । सो स्कुलमा यौनबारे व्यवहारिक कुराको शिक्षण गरिन्छ ।

‘अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल’ भनिने उक्त स्कुलमा भर्ना हुनका लागि विद्यार्थीहरूले ठूलो रकम चुकाउनु पर्दछ । उक्त स्कुलबाट विद्यार्थीले राम्रो प्रेमी वा प्रेमिका बन्न सिक्नेछन् ।

विद्यालयले जारी गरेको विवरण अनुसार यस विद्यालयका विद्यार्थीले प्रत्येक त्रैमासिक सत्रमा एक हजार ४ सय पाउण्ड अर्थात लगभग १ लाख ९७ हजार बुझाउनु पर्दछ ।

विद्यालयकी प्रधानाध्यापिका याल्भा मारिया थम्प्सनका अनुसार यस विद्यालयमा पढ्नका लागि १६ वर्ष उमेर समूहका जसले पनि पाउँछन् । उनका अनुसार विद्यालयले राम्रो प्रेमी बन्न सिकाउने यो नै पहिलो हो । यस विद्यालयमा सिकाइको सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा बढी ध्यान दिइने उनको भनाइ छ ।

यसका लागि छात्र तथा छात्राहरूलाई एउटै छात्रावासमा राखिने गरिन्छ ताकि उनीहरूले आफ्नो गृहकार्य राम्रोसँग गर्न सकुन । उनका अनुसार यस विद्यालयमा यौनक्रियाका प्रमुख आसन, प्रेम, स्पर्श, चुम्बन तथा महिला र पुरुषका शारीरिक विशेषताहरूबारे व्यवहारिक रूपमा सिकाइने छ । पढाई सकिएपछि विद्यार्थीहरूले विधिवत रूपमा प्रमाणपत्र समेत पाउने उनको भनाइ छ ।

स्वीडेनकी थम्प्सन विभिन्न खालका कला प्रदर्शनका लागि प्रख्यात रहेकी छिन् । उनले एउटा प्रदर्शनीमा नग्न महिलाहरूका विभिन्न मुद्राहरूमा रहेका सयवटा मूर्ति राखेकी थिइन् । ब्रिटिश समाचारपत्र ‘डेली मेल’सँग कुरा गर्दै यस स्कुलका प्रवक्ता मेलोडी कर्सले, ‘हामीलाई पूर्ण विश्वास छ यो विद्यालय पूर्ण रूपमा सफल हुन्छ ।’

हुन त अस्ट्रियामा यस विद्यालयको विरोध हुन सुरु भइसकेको छ । यस विद्यालयले टिभीमा दिने गरेका भड्किला र उत्तेजक खालका विज्ञापनहरू यसअघि नै प्रतिबन्धित भइसकेका छन् ।

Promise Education Consultancy