विमाको अवस्था सर्वेक्षण गर्दै बोस्टनका विद्यार्थी चितवनमा

 

चितवन साउन २६ । चितवनको भरतपुर ९ मा रहेको बोस्टन इन्टरनेशनल कलेजमा अध्ययनरत सेमेस्टर ६ र ४ का विद्यार्थीहरुले चितवन जिल्लामा बिमाको सम्भावना र समस्याको बारेमा सर्वेक्षण गरेको प्रतिवेदन शनिबार एक दिने कार्यशाला गरि सार्वजानिक गरेका छन् ।
कलेज हातामा भएको कार्यशालामा विमा सम्वन्धी विज्ञहरु विचमा सो प्रतिवेदन बारे छलफल भएको थियो । कार्यशालामा एनएलजी बिमा कम्पनिका नारायणगढ शाखा प्रवन्धक भरत मल्ल, सानिमा जिवन बिमाका बजार प्रमुख गणेश चौलागाई, पोखरा विश्वविद्यालयका स्कुल अफ बिजिनेस निर्देशक रविन्द्र घिमिरेले प्रतिवेदनको बारेमा प्रतिक्रिया सहित आफनो प्रस्तुति दिनु भएको थियो ।

कार्यशालामा कलेजका बीबीए/बीआई कार्यक्रम संयोजक ईश्वर विकल सापकोटा स्वागत मन्तब्य राख्नु भएको थियो भने कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले आफनो मन्तब्यमा कलेजका विद्यार्थीले गरेको पहिलो प्रयास प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले बिमाको क्षेत्रमा कलेजका विद्यार्थीहरुको सहभागितामा गरिएको सर्वेक्षण चितवनमा नै पहिलो भएको बताउनु भएको थियो ।

Promise Education Consultancy