निशाश मोटर्सले गर्यो पूर्वी चितवनका क्रियाशिल ६ पत्रकारको दुर्घटना बीमा

चितवन साउन २७। चितवनको रत्ननगरमा रहेको बजाज मोटरसाईकलको आधिकारिक विक्रेता निशास मोटर्सले पुर्वी चितवनमा क्रियाशिल पत्रकारहरुका लागि रु पाँच लाखको दुर्घटना बीमा गरेको छ ।


बजाजको पल्सर १५० ट्विन डिस्क मोटरसाईकलको नयाँ मोडल सार्वजनिकिकरण कार्यक्रममा आज आईतवार निशास मोटर्सले यहाँ क्रियाशिल ६ जना पत्रकारलाई दुर्घटना बीमा गराएको हो ।

निको ईन्सुरेन्ससँगको सहकार्यमा पत्रकारहरुलाई दुर्घटना बीमा गरिएको निशास मोटर्सका प्रबन्ध निर्देशक संजिव थापाले जानकारी दिए । सो पत्रकारहरु नारायण ढुंगाना, होमनाथ सापकोटा, शिशिर सिंखडा, राजेन्द्र आचार्य, ध्रुवराज खनाल र विकास पौडेलको दुर्घटना विमा गरेको हो ।


उक्त बीमा आजैदेखि लागु हुने निशान मोटर्सले जनाएको छ ।

निको ईन्सुरेन्स रत्ननगरका शाखा प्रमुख सुजन कट्टेलले बीमा भएपछि दुर्घटनामा मृत्यु भएमा र स्थायी असक्त भएमा रु ५ लाख, तथा घाईते भएमा रु ५० हजारसम्म उपचार खर्च दिईने जानकारी दिए ।