काँग्रेस चितवनको मन्त्रीलाई प्रश्न : अस्पताल क्षेत्र सिटिहल वनाउने क्षेत्र हो ?

चितवन, २७ साउन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अस्पताल क्षेत्र भित्र कुनै संरचना वनाउन नहुने बताउनु भएको छ । भरतपुर अस्पतालले आज उपप्रधानमन्त्री उपेन्द्र यादब संग गरेको अन्तरकृया कार्यक्रममा बोलदै उहाँले बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालको जग्गा सिटिहललाई दिन लागिएको भन्दै बिरोध जनाउनु भएको हो ।
अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा बिकास गर्नु पर्नेमा सिटिहलका लागि जग्गा उपलब्ध गराउन खोजिएको भन्दै उहाँले अस्पतालले भोगचलन गर्दै आएको जग्गामा कुनै पनि काम गर्न नहुने बताउनु भएको हो ।

अस्पतालको जग्गामा सिटिहल वनाउनु भनेको अस्पतालको बातावरणमा खलल पुर्याउनु रहेको उहाँले बताउनु भयो ।
सो अबसरमा बोल्दै मन्त्री यादवले अस्पतालको जग्गा कसैलाई पनि दिन नहुने र दिएको जग्गा पनि फिर्ता गर्न लाग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो “अस्पतालहरुलाई अहिले भई रहेको जग्गा समेत कम हुने दिन आउने भएकाले कसैलाई दिईएको छ भने बैकल्पिक ठाउँ खोजि गर्न भन्नुस दिने कुरा हुँदैन । ”

Promise Education Consultancy